दफा १३
सम्झौता गर्ने
(१) दफा ११ बमोजिम प्राप्त विवरणको आधारमा प्रस्तावकसँग सम्झौता गर्न उपयुक्त देखिएमा नेपाल सरकारले प्रस्तावकसँग आवश्यकतानुसार वार्ता गरी समितिको सुझाव लिई सम्झौता गर्नेछ ।
(२) प्रस्तावकले दफा ११ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिमको विवरण नेपाल सरकारले तोकेको समयावधिभित्र पेश गर्नु पर्नेछ । सो अवधिभित्र प्रस्तावकले त्यस्तो विवरण पेश गर्न नसकेमा नेपाल सरकारले प्रस्तावकसँग गरेको सम्झौता स्वतः रद्द भएको मानिनेछ ।